सेयर कारोबार लगातार आरोलोतर्फ, प्रगति बिवरणले तानेन लगानीकर्ता

Oct 31, 2017 Merolagani

आइतबार देखि लगातार झरेको नेप्से परिसूचक मंगलवार आइपुग्दा सम्म थामिएको छैन । सोमबार १५३६.७२ बिन्दुमा बन्द भएको नेप्से मंगलवार ३.१९ ले घटेर १५३३.५३ बिन्दुमा अडिएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमासिक वित्तीय विवरणहरु प्रकाशित गर्ने क्रम रहेपनि सेयर बजारले लगानीकर्तामा आशा जगाउन सकेको छैन । बोनस, हकप्रद तथा एफपीओ बिक्री गरेर चुक्ता पूँजी बढाएका कम्पनीहरुले पूँजी वृद्धिको अनुपातमा आम्दानी बढाउन नसकेपछि सेयर कारोबारमा गिरावट ल्याउने अर्काे कारण देखिएको छ ।

कारोबार शुरु भएको आधाघण्टा सम्म बजार उकालो लागेर १५३९.५० सम्म पुगेपनि त्यसपछि १५२८.१७ सम्म झरेको नेप्से परिसूचक बजार बन्द हुँदा १५३३.५३ मा सुधार भएको हो । यसदिन १ सय ६० कम्पनीका १२ लाख ४८ हजार ३७५ कित्ता शेयर ४१ करोड ८१ रुपैयाँ बराबरमा किनबेच भए । कारोबार रकम सोमबारको तुलनामा झण्डै ३ करोड रुपैयाँ कम हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बित्तीय बिवरणमा प्राय कम्पनीहरुमा प्रतिसेयर आम्दानी समीक्षा अवधिमा घट्नुलाई बजारले राम्रो नमानेको देखिन्छ । बाम गठबन्धनप्रति सत्तारुढ दलले देखाएको संशयले आम निर्वाचनको सुनिश्चिता हुने हो कि हैन भन्ने त्रास पनि लगानीकर्तामा परेको देखिन्छ ।

मंगलवारकै कुरा गर्दा बालकृष्ण ढुंगेल प्रकरणको सनसनी फैलिएपछि उकालो लागिसकेको बजारपनि ओरालो लागेको हो । बजार घट्नुमा नेपालमा राजनितिक घटनाक्रमले पनि लगानीकर्तालाई तत्काल प्रभाव पार्ने गरेको देखिन्छ ।

मंगलवारको समग्र सूचकमा बित्त, इन्स्योरेन्स, उत्पादन र अन्य समूहका सूचक सकारात्मक रहेपनि बैंक,होटल, बिकास बैक र जलविद्युत समूहका सूचक ओरालो लागेका छन् ।

मंगलवारको बजारमा राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको सबैभन्दा बढी २ करोड ३४ लाख रुपैयाँ बराबरको कारोवार हुँदा मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ । मंगलवार किसान माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.६ प्रतिशत अर्थात १४० रुपैयाँले गुमाएका छन् ।

मंगलबारको समग्र बजार पूँजीकरण १७ खर्ब ८० अर्ब रुपैयाँमा झरेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।