उचाई चढ्दै नेप्से, कारोबारमा आठ करोडको सुधार

Oct 12, 2017 Merolagani

साताको अन्तिम दिन विहीबार समेत लगातार नेप्सेले वृद्धि कायम राखेको छ । बुधबार ३ दशमलव ३६ अंकले चढेको नेप्से विहिबार ४ दशमलव ०३ अंकले उकालो लागेको हाे । नेप्से परिसूचकमा आएको वृद्धिसँगै कारोबारीहरु सक्रिय हुँदा आठ करोडले बढेर विहीबार कारोबार रकम ४० करोड ४८ लाख रुपैयाँमा पुगेको छ । बुधबार ३२ करोडको सेयर कारोबार भएको थियाे । 

सेयर बजारमा धेरै कारोबार हुने वाणिज्य बैंक, व्यापार र अन्य समूह उकालो लागेपछि बजार बढेको हो । अन्य समूह सबैभन्दा बढी ३०.०७ अंकले बढेको छ भने बीमा समूहमा सबैभन्दा बढी २१.८ अंकको गिरावट आएको छ ।

विहिबार नेप्से १५१० दशमलव ०२ अंकमा पुगेको छ । कम्पनीहरुको प्रथम त्रैमासिक प्रतिवेदन आउने मिति नजिकिँदै गर्दा राम्रा कम्पनीमा सेयर किन्ने बढ्दा बजारले उचाई लिएको छ ।

विहीबार १ सय ५४ कम्पनीका ८ लाख ९९ हजार ३३६ कित्ता शेयर ४ हजार ४२६ पटक किनबेच भएको छ । बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र होटल समूह झरेका छन् । कारोबारमा सबैभन्दा धेरै चाप भने चिलिमे जलविद्युत्त कम्पनीमा देखिएको छ । १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि यो कम्पनीको कारोबार उच्च भएको हो । चिलिमेको ७ करोड २० लाख बढीको सेयर किनबेच भएको छ ।

नेपाल टेलिकमको तीन करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा कुमारी बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स, एनसीसी बैंकको संस्थापक सेयर, नबिल, इन्भेष्टमेन्ट र सानीमा बैंकको उच्च कारोबार भएको छ ।

धितोपत्र बोर्डबाट ४५ प्रतिशत हकप्रद स्वीकृत भएपछि रिलायन्स फाईनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ५.५३ प्रतिशतले बढेर २१० रुपैयाँ पुगेको छ । नेपाल टेलिकम, जनरल फाईनान्स, नेपाल इन्स्योरेन्स, किसान माईक्रो, नागबेली, छ्याङ्दी हाईड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र ङादी ग्रुप पावरको सेयरधनी क्रमश कमाउने दश कम्पनीको सूचीमा समेटीएका छन् ।

सिर्जना फाइनान्स, रिडी हाइड्रोपावर झण्डै पाँच प्रतिशतले घटेकाे छ । प्राइम बैंककाे संस्थापक सेयर, अार्इसीएफसी, एनबि इन्स्याेरेन्स, युनाइटेड फार्इनान्स,श्री इन्भेष्टमेन्ट, कुबेर मर्चेन्ट, वाेमी माइक्राेफाइनान्स,र सुर्या लाइफ इन्स्याेरेन्सका सेयरधनीले गुमाएका छन् ।

विहीबारको सेयर बजारको समग्र बजार पूँजीकरण पाँच अर्ब रुपैयाँले बढेर १७ खर्ब ५२ अर्ब रुपैयाँमा समेटिएको छ । बुधबार १७ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो ।

 

............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।