सिटिजन्स बैंक र बेलायतको सुपरजोनिक बिच रेमिटेन्स सम्झौता

Feb 19, 2018 Merolagani

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र सुपरजोनिक लिमिटेड (यूके) बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा सुपरजोनिक लिमिटेड (यूके)का निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बेलायत लगायत युरोपियन मुलुकबाट सुपरजोनिक मार्फत नेपालमा पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको सम्पूर्ण शाखा र ४,५०० भन्दा बढि सहायक प्रतिनिधिहरुबाट भुक्तानीलिन सकिने छ ।

बैंकले यसअघि कुबेतको डलरको एक्सचेन्ज लिमिटड, यू.के कोक्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू।ए।ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरियो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरि ती विप्रेषण बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरु भुक्तानी गर्दै आइरहेको छ । साथै, बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीसँग सम्झौता गरि विप्रेषण सेवालाई विस्तार गर्दै लैजाने बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।