बढ्यो रेमिट्यान्स, घटेन शोधान्तर घाटा

Apr 12, 2018 Merolagani

लगातार घटिरहेको रेमिट्यान्स फागुनमा आएर बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स समीक्षा अवधिमा ४.९ प्रतिशतल बढेको छ । फागुनसम्म ४ खर्ब ७१ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ।

८ महिनाको अवधिमा शोधानान्तर घाटा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गत बर्ष फागुनमा ५० अर्ब २ करोडले धनात्मक रहेको शोधनान्तर अहिले २४ अर्ब ७३ करोड रूपैयाँ घाटामा छ।

पछिल्लो ८ महिनामा ५३ अर्ब रूपैयाँको निर्यात भएको छ भने आयात ७ खर्ब ६७ अर्ब रूपैयाँको भएको छ । देशमा आउने रकमभन्दा जाने रकम बढी भएपछि शोधानान्तर घाटा हुन्छ । चालु खाता घाटा पनि १५३ अर्ब ९६ करोड रूपैयाँ पुगेको छ।

शोधानान्तर घाटा बढ्न थालेसँगै देशको विदेशी सन्चितीपनि घट्न थालेको छ । असार मसान्तसम्ममा १० खर्ब ७९ अर्ब रहेको विदेशी सन्चिती फागुन मसान्तसम्ममा १० खर्ब ४९ अर्बमा आएको छ ।

गत बर्षको फागुनमा २.९ प्रतिशत रकेहो मूल्य बृद्धि दर अहिले ६ प्रतिशत पुगेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।