बैदेशिक रोजगारीमा जाने घटेपनि रेमिट्यान्स् अाप्रबाह भने ७ प्रतिशतले बढ्याे

Jun 10, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले आइतबार चालू आवको दश महिनाको आर्थिक वित्तीय स्थिती सार्वजनिक गर्दे रोजगारीका लागि विदेश गएकाले पठाउने रेमिट्यान्स् आप्रवाह ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । केन्द्रीय बैंकले कामका लागि विदेशीनेको संख्या भने ६ प्रतिशतले घटेको बताएको छ ।

राष्ट्र बैंकले समीक्षा अवधिमा रेमिट्यान्स् आप्रवाह ७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड पुगेको उल्लेख गरेको छ । गत बर्ष यसै अवधिमा रेमिट्यान्स् आप्रवाहको वृद्धिदर ५.२ प्रतिशत मात्र रहेको थियो । 

यता चालू आवको दश महिना अवधिमा खुद ट्रान्सफर आप्रवाह ६ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाहमा ०.१ प्रतिशतले कमी आएको हो । गत बर्ष यसै अवधिमा १०.३ प्रतिशतले बढेको थियो ।

समग्र रोजगारीमा जानेको संख्या घटेपनि मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, दक्षिण कोरीया, बहराइन र अफगानस्थानमा रोजगारी गर्न जाने बढेका छन् । राष्ट्र बैंकले तथ्याङ्क अनुसार जापान, लेबनान,इजरायल र ओमनमा काम गर्न जाने घटेका छन् ।

चालु आर्थिक बर्षको १० महिनासम्ममा ३ लाख १५ हजार १३ जना नेपाली नागरीक वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका छन् ।

यसरी रोजगारीमा जानेमध्ये सबैभन्दा बढी मलेसियाका लागि ९९ हजार २३६ जनाले श्रम स्वीकृती लिएका छन् । गत बर्ष भन्दा यस बर्ष २० हजार ४४१ जना बढीले मलेसिया जानको लागि श्रम स्वीकृति लिएका हुन् ।

यस अवधिमा कतार जानको लागि ८८ हजार ७४७ जानाले श्रम स्वीकृति लिएका छन् । गत बर्ष भन्दा यस बर्ष २१ हजार ४२३ जनाले कमले श्रम स्वीकृति लिएका हुन् ।

संयुक्त अरब ईमिरेट्सका लागि ५० हजार ४६ जना, साउदी अरबका लागि ३५ हजार ४५४ जना, कुवेतका लागि १३ हजार ९९५, दक्षिण कोरिया र बहराइनमा ४ हजार दुई सय भन्दा बढीले श्रम स्वीकृति लिएका छन् । लेवनानको लागि यस बर्ष सबै भन्दा थोरै २० जना नेपालीले मात्र श्रम स्वीकृति लिएका छन् ।

जापान जानेको कामदारको संख्या उल्लेख्य घटेको छ । गत बर्ष दुई हजार ८५ जनाले जापानका लागि श्रम स्वीकृती लिएकोमा यस बर्ष बैशाखसम्ममा ६१७ जनाले मात्र श्रम स्वीकृति लिएका छन् ।

एक पटक काम गरेर पुनः श्रम स्वीकृति लिएर दुई लाख १९ हजार ९९६ जना बैदेशिक रोजगारीमा गएका छन् । यस्तो संख्यामा गत बर्षको तुलनामा २.२ प्रतिशतले कमि आएको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।