आठ महिनामा सरकारको खर्च साढे पाँच खर्ब, चार महिनामा ६१ प्रतिशत बजेट खर्च होला ?

Mar 15, 2021 11:41 AM Merolagani

चालु आर्थिक वर्षको आठ महिनामा सरकारले झण्डै ३९ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार चैत १ गतेसम्ममा सरकारले कुल बजेटको ३८.९३ प्रतिशत अर्थात ५ खर्ब ७४ अर्ब २ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा बजेटको अर्धवार्षिक समीक्षमा नै कुल बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान सरकारले प्रस्तुत गरिसकेको छ। यो भनेको कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हो। हालसम्म ६ खर्ब पनि बजेट खर्च हुन नसक्नुले सो अनुपातमा पनि बजेट खर्च गर्न सरकारलाई गाह्रो हुने देखिन्छ।

अर्धवार्षिक समीक्षमा कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड –विनियोजित बजेटको ९६.४० प्रतिशत, पूँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड –विनियोजित बजेटको ८०.२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ – कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

गत वर्षमा सरकारले कुल १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। गत वर्षको यसै अवधिमा सरकारले ६ खर्ब ११ करोड अर्थात कुल बजेटको ३९.८७ प्रतिशत बजेट खर्च गरेको थियो। तथ्याँक अनुसारु चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा बजेट खर्च करिब २ प्रतिशतले कम छ।

  • पूँजीगत खर्च न्युन

यस वर्ष सरकारको पूँजीगत खर्च गत आर्थिक वर्षको भन्दा पनि कम देखिएको छ। गत आर्थिक वर्षमा कुल बजेटको २३.७४ प्रतिशत पूँजीगत खर्च गरेकोमा चालु आर्थिक वर्षमा सरकारले २३ प्रतिशत मात्रै यस्तो खर्च गरेको छ।

चैत १ गतेसम्ममा सरकारले ८१ अर्ब १७ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ। यस वर्ष कुल ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा अझै ७७ प्रतिशत बजेट खर्च हुन बाँकी नै छ।

यस अवधिमा सरकारको चालुु खर्च भने अलि बढी देखिएको छ। ८ महिनामा सरकारले ४ खर्ब ५७ अर्ब ३३ करोड रुपैयाँ चालु खर्च गरेको छ। यो लक्ष्यको ४८.१९ प्रतिशत हो। गत आर्थिक वर्षको यसै अवधिमा सरकारले ४७ प्रतिशतको हाराहारीमा चालु खर्च गरेको थियो।

यस वर्ष वित्तीय खर्च पनि निकै घटेको छ। गत वर्षको फागुन अन्तिमसम्ममा झण्डै ३८ प्रतिशत वित्तीय खर्च गरेको सरकारले यस वर्ष भने २०.५५ प्रतिशत मात्रै यस्तो खर्च गरेको छ। चैत १ गतेसम्ममा ३५ अर्ब ५० करोड रुपैयाँ मात्रै वित्तीय खर्च भएको तथ्याँकले देखाउछ।

यसरी सरकारले लक्ष्यअनुसार खर्च गर्न नसक्दा हरेक वर्ष बैंकिङ्ग प्रणलीमा तरलरता कमी हुने गरेको छ। कार्य सम्पन्न भइसकेका कातिपय आयोजनाहरुको समेत भुक्तानीमा ढिलाई हुँदा सरकारको खर्च न्यून देखिएको छ।

  • राजस्व संकलनमा भने अगाडि

गत आर्थिक वर्षको तुलनामा यस वर्ष सरकार राजस्व संकलनमा भने अगाडि देखिएको छ। चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ५ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। जुन लक्ष्यको ५६.९ प्रतिशत हो।

चालु आर्थिक वर्षमा सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। आगामी ४ महिनामा करिब ४३ प्रतिशत राजस्व संकलन गर्नुपर्ने देखिन्छ।

गत आर्थिक वर्षको यसै अवधिमा सरकारले ४९ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको थियो। कुल ११ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ महिनामा ५ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।