पुण्य गौतम र युवराज सफल पक्राउ

Mar 03, 2024 06:21 PM Merolagani



आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । चितवनस्थित शिशु निकेतन विद्यालयकाे हाेस्टलमा मृत भेटिएकी शालीन पोखरेलकाे पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका गाैतम र सफललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आइतबार त्रिवि शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे थियाे । यतिबेला गाैतम र सफललाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टमबाट १४ वर्षिय शालिनकाे बलात्कार भएकाे वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएकाे थियाे । आइतबार नै चिकित्सकहरुले पोष्टमार्टम जाँचको प्रतिवेदन तयार गरेका थिए । उक्त रिपाेर्टमा शालिनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।