पुण्य गौतम र युवराज सफल पक्राउ

Mar 03, 2024 06:21 PM Merolagani



आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । चितवनस्थित शिशु निकेतन विद्यालयकाे हाेस्टलमा मृत भेटिएकी शालीन पोखरेलकाे पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका गाैतम र सफललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आइतबार त्रिवि शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे थियाे । यतिबेला गाैतम र सफललाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोस्टमार्टमबाट १४ वर्षिय शालिनकाे बलात्कार भएकाे वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको बताइएकाे थियाे । आइतबार नै चिकित्सकहरुले पोष्टमार्टम जाँचको प्रतिवेदन तयार गरेका थिए । उक्त रिपाेर्टमा शालिनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख गरिएकाे छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।