बेलुकी ५ बजे तीन मन्त्रीहरूको शपथ गराइने, यी हुँदै छ्न् मन्त्री ?

Mar 04, 2024 01:12 PM Merolagani



सत्ता गठबन्धन परिवर्तन भएपछि साेमबार नै सानो मन्त्रिमण्डल गठन गरिने भएको छ । प्रमुख दलका तीन जनालाई आजै शपथको तयारी गरिएको छ । तीन जनालाई नै बिना विभागीय मन्त्रीको रुपमा शपथ गराइने भएकाे  हाे ।

आज बेलुकी ५ बजे नै तीन मन्त्रीहरूको शपथ गराइने भएकाे छ। प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले शीतल निवास पुगेर राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएकाे छ । रास्वपाका उपाध्यक्ष डोल प्रसाद अर्याल (डिपी)ले साेमबार नै मन्त्रीकाे शपथ लिने भएकाे हुन् । रास्वपाको तर्फबाट डिपीकाे नाम पहिलो चरणमा आजै शपथ खाने मन्त्रीहरूको सूचीमा समावेश गरिएकाे छ । 

नेकपा एमालेका तर्फबाट पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई मन्त्री बनाउने तयारी गरिएकाे छ । गिरी पुर्व स्वास्थ्यमन्त्री हुन् ।

यसैगरी, माओवादीका तर्फबाट हितबहादुर तामाङलाई पहिलाे चरणमा पठाइने भएकाे छ ।  नुवाकोट-१ बाट तामाङ सांसद निर्वाचित भएका थिए  ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।