शाहबाज सरिफद्वारा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रुपमा शपथग्रहण

Mar 05, 2024 11:12 AM Merolagani



शाहबाज सरिफले पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवनमा आयोजित एक समारोहमा सोमवार शाहबाज सरिफले पाकिस्तानको २४ औँ निर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक संजरानी, सेना प्रमुख, राजनीतिज्ञ र राजदुतहरुको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनियताको शपथग्रहण गराए । यसअघि आईतवार पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रिय सभामा २०१ मत प्राप्त गरेका थिए।

आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेण्ट–पाकिस्तान र अन्यसँग गठबन्धन बनाएपछि शरीफ सत्तामा आएका हुन् । सांसदहरुले उनलाई देशको प्रमुख कार्यकारी पदका लागि उम्मेदवारको रूपमा मनोनयन गरेका थिए ।

 आईतवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रिय सभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका लागि कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार क्षेत्र र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताए । प्रधानमन्त्रीले आफ्नो सरकारले देशको विकासका लागि चीन–पाकिस्तान आर्थिक करिडोरको बिस्तार र प्रवर्द्धन गर्ने बताए ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।