शाहबाज सरिफद्वारा पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रुपमा शपथग्रहण

Mar 05, 2024 11:12 AM Merolagani



शाहबाज सरिफले पाकिस्तानको २४ औं प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवनमा आयोजित एक समारोहमा सोमवार शाहबाज सरिफले पाकिस्तानको २४ औँ निर्वाचित प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कड, सिनेटका अध्यक्ष सादिक संजरानी, सेना प्रमुख, राजनीतिज्ञ र राजदुतहरुको उपस्थितिमा राष्ट्रपति आरिफ अल्वीले नवनिर्वाचित प्रधानमन्त्रीलाई पद तथा गोपनियताको शपथग्रहण गराए । यसअघि आईतवार पाकिस्तान मुस्लिम लिग–नवाजका अध्यक्ष सरिफले ३३६ सदस्यीय राष्ट्रिय सभामा २०१ मत प्राप्त गरेका थिए।

आफ्नो पार्टीले पाकिस्तान पिपुल्स पार्टी संसदीय दल, मुत्ताहिदा कौमी मुभमेण्ट–पाकिस्तान र अन्यसँग गठबन्धन बनाएपछि शरीफ सत्तामा आएका हुन् । सांसदहरुले उनलाई देशको प्रमुख कार्यकारी पदका लागि उम्मेदवारको रूपमा मनोनयन गरेका थिए ।

 आईतवार प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रिय सभामा आफ्नो पहिलो सम्बोधनमा सरिफले देशको विकासका लागि कर प्रणालीमा सुधार, स्वतन्त्र व्यापार क्षेत्र र निर्यात क्षेत्र स्थापनालगायत आर्थिक सुधारमा ध्यान दिने बताए । प्रधानमन्त्रीले आफ्नो सरकारले देशको विकासका लागि चीन–पाकिस्तान आर्थिक करिडोरको बिस्तार र प्रवर्द्धन गर्ने बताए ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।