बर्षमानको उधारो बोलीमा विश्वास गर्दा सेयर बजारका लगानीकर्ता झन् फसे

Mar 21, 2024 01:18 PM Merolagani

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता नेपाली काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा एमालेसहितका दलहरुबीचमा गठबन्धन गर्ने सम्झौता गरेपछि पूँजी बजारमा केही आशा पलाएको थियो ।

अर्थमन्त्रीमा एमालेका बिष्णु पौडेल आउने हल्ला चलेपछि सेयर बजारका लगानीकर्ताहरु उत्साहित बने तर मन्त्रालय भागबण्डा गर्दा अर्थ मन्त्रालय माओवादीको भागमा परेर बर्षमान पुनः अर्थमन्त्री बन्ने निधो भएपछि लगानीकर्ताहरु फेरि शसंकित बनेका थिए ।

बिष्ण पौडेल सेयर लगानीकर्ताहरुले मन पराएका ब्राण्ड हुन् । उनले केही काम गर्ने निधो नभए पनि अर्थमन्त्रीको रुपमा आएमा राम्रो हुन्छ भन्ने सोच लगानीकर्ताहरुमा विकास भएको छ । माओवादी पूँजी बजारप्रति अनुदार पार्टीको रुपमा चिनिदै आएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बेला बेलामा पूँजी बजार विरोधी अभिब्यक्ति दिने गरेको र माओवादीले अर्थ मन्त्रालय सम्हालेको बेलामा अर्थतन्त्र तथा पूँजी बजार राम्रो नभएको हुनाले लगानीकर्ताहरु सशंकित हुने गरेको देखिन्छ ।

बर्षमान पुनः अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिन जानै लाग्दा कसैले उनलाई फोन गरेर पूँजी बजारमा उनीप्रति घोर अविश्वास र आशंका रहेको सुनायो । त्यही बेला सेयर बजारमा कारोबार चलिरहेको थियो । फोन गर्नेलाई पुनले आफुप्रति अविस्वास गर्नु नपर्ने भन्दै आश्वस्त गराउन खोजे र मन्त्रीबाट नियुक्त हुनासाथ सेयर बजारका लगानीकर्ताको लागि राम्रो काम गर्ने प्रतिक्रिया दिए ।

मन्त्री पुनले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्नुहोस, अब विगतमा जस्तो हुँदैन, स्पष्ट शब्दमा भनेका थिए ।

त्यही बीचमा सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले सामाजिक संजालमा पोष्टहरु गर्दै बर्षमानले पूँजी बजारको सुधार र बिस्तारका लागि फटाफट काम गर्ने भन्दै सकारात्मक प्रचारबाजी शुरु गरे । कम्युनिष्ट पृष्ठभुमिबाट उठेर पत्रकारिता गर्दै सेयर बजारमा आएका कोइरालाले बर्षमानको यसरी प्रशंसा गरे कि यसपल्ट ठूलै सुधार र बिस्तारका काम हुने छन् भन्ने भ्रम आम लगानीकर्ताहरुमा पार्न खोजियो । तीन तीनपल्ट अनशन बसेर पूँजी बजारको सुधार र बिस्तारको लागि पहल गरेका कोइरालाको पोष्टले सानादेखि ठूला लगानीकर्ताहरुमा अब त केही हुन्छ कि भन्ने भ्रम सिर्जना हुन गयो ।

सेयर बजारमा ब्याप्त आशंकालाई चिर्ने गरी मन्त्री पुनका अभिब्यक्तिहरु आईरहेका थिए । त्यहीबीचमा नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुले सेयर दलालहरु र ठूला लगानीकर्ताहरुलाई फोन गरेर सेयर बजारमा सकारात्मक माहौल बनाईदिन आग्रह गरे। । सरकारप्रतिको आंशका चिर्न माग बढाएर नेप्से सूचकमा बढोत्तरी देखाईदिनु पर्ने आग्रह दलाल र ठूला लगानीकर्ताहरुलाई गरिएको थियो । धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुको आग्रहमा दलाल र ठूला सेयर कारोबारीहरुले आफुसँग भएको शक्ति लगाएर बजारको माहौल सकारात्मक बनाउन लगातार तीन दिनसम्म पहल गरे ।

नयाँ अर्थमन्त्री पुनले आफ्नो पद बहाली लगत्तै पूँजी बजारलाई अर्थतन्त्रको आधार भन्दै यहाँ देखिएको समस्या तत्काल समाधान गर्न र बिकास र बिस्तारका काम गर्न फागुन २७ गते मातहतका तीन नियमनकारी निकायसँग सात दिन भित्र कार्ययोजना माग गरे। । संचार माध्यमदेखि सामाजिक संजाल र लगानीकर्ताको घरसम्म त्यसको खुबै चर्चा भयो । पूँजी बजार मैत्री मानिने नेपाली काँग्रेसका अर्थमन्त्री डा। प्रकाशशरण महतले लगानीकर्तालाई वेवास्ता गरेको र बजार सुधार र बिस्तारका लागि सिन्को नभाँचेकोमा आक्रोशित रहेका लगानीकर्ता बर्षमान आएपछि फटाफट काम हुन थालेको भन्दै उनको सर्बत्र प्रशंसा गर्न थालेका थिए ।


बजारमा सकारात्मक माहौल सिर्जना भएको बेला चोथो दिन संसदमा सरकारले विस्वासको मत लिने कार्य प्रारम्भ भयो । त्यही प्रसंगमा प्रधानमन्त्री प्रचण्डले साँसदहरुसँग विस्वासको मत माग्दै आफुहरुलाई सेयर बजारले समेत स्वागत गरिसकेको भन्न समेत भ्याए ।

त्यसपछि लगानीकर्ताहरु अर्थमन्त्री पुनको भनाई र गराईको तालमेल खोज्दै पर्ख र हेरको अवस्थामा बसेका थिए । बजारमा सामान्य रुपमा कारोबार भईरहेको थियो । चैत्र ४ र ५ गते नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले एकपछि अर्को गर्दै मन्त्रालयमा कार्ययोजना पेश गरे र तीनवटै निकायको कार्ययोजना पेश भएको चार दिन बितिसकेको छ ।

यतिका दिन हुँदा पनि अर्थ मन्त्रालयबाट लगानीकर्ताको अपेक्षा अनुसारका सुधार र बिस्तारका कामहरु गर्ने कुनै सुरसार देखिएको छैन । उल्टै नेपाल धितोपत्र बोर्डसहितका मातहतका निकायहरुले बुझाएका कार्ययोजना लगानीकर्ताले थाहा नपाउन भनी लुकाईएको छ ।

अर्थमन्त्री पुनको उत्साहित पार्ने अभिब्यक्ति र लगानीकर्ता कोइरालाको प्रचारबाजीका वीच महंगो मूल्यमा सेयर किनेका सर्बसाधारण लगानीकर्ताहरु भने आफुहरु नराम्ररी झुक्किएर झन् फसेको महसुस गर्दै फेरि निराश बन्न थालेका छन् ।

राम्रो गर्छु, ढुक्क हुनुस भन्ने नयाँ अर्थमन्त्री पुन र सामाजिक संजालमा उनको सकारात्मक प्रचारबाजी गर्ने कोइराला अहिले दुबै चुपचाप छन् । नयाँ सरकारका लागि सकारात्मक माहौल बनाईदिनु पर्यो भनी तारन्तार फोनका घण्टी बजाउने धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरुको फोनको घण्टी पनि बज्न छाडेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।