धनगढीका मेयरकी सम्पर्कविहिन छोरी भेटिइन, स्टाटस लेख्दै भने-छोरी गोवामा सकुशल भेटिइन्,खोजी कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद

Mar 27, 2024 12:34 PM Merolagani

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी सम्पर्कविहिन भएकी छोरी भेटिएकी छिन् । बुधबार बिहान छोरी भेटिएको मेयर हमालले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । सबैलाई धन्यवाद मंगलबार दिउँसो सामाजिक संजालमा एक स्टाटस लेख्दै मेयर हमालले छोरीको खोजी गरिदिन आग्रह गरेका थिए ।

तर केहि समय अघि अर्को स्टाटस लेख्दै उनले छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको बताएका छन् । मेयर हमालले सबैको खोजीको प्रयासले छोरी भेटिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्,"सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँ संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।"

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।