स्मार्टफोनकाे सफलतापछि साओमी अटो क्षेत्रमा प्रवेश, कस्तो छ उसले ल्याएको पहिलो विद्युतीय कार ?

Apr 03, 2024 04:34 PM Merolagani

चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी साओमीले पहिलो विद्युतीय कार सार्वजनिक गर्यो । पूर्ण विद्युतीय रहेको यो गाडी सेडान सेगमेन्टमा ल्याएको छ ।

स्मार्टफोन उद्योगमा सफल भएपछि साओमीको अटो क्षेत्रमा गरेको प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय संसार भर नै इभिको माग बढ्दै गएको छ । अझ चिनियाँ बजार इभी उत्पादनमा आक्रामक छ ।

साओमीले ल्याएको एसयू सेभेन ईभी ४९ सय ९७ एमएम लामो, १९ सय ६३ एमएम चौडा र १४ सय ५५ एमएम अग्लो रहेको कम्पनीले जनाएको छ ।

साओमी एसयू सेभेन स्ट्यान्डर्ड, प्रो र म्याक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्डमा ७३.६ किलोवाट आवरको बीवाईडी निर्मित एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको फुल चार्जमा ७ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

 

त्यस्तै प्रो मोडलमा ९४.४ किलोवाट आवरको सीएटीएलको ब्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा ८ सय ३० किलोमिटर रेन्ज दिनेछ।

त्यस्तै म्याक्समा १ सय १ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। डुवल मोटर रहेको यो कारले ६ सय ६३ एचपी पावर दिन्छ। यसले एक पटकको फुल चार्जमा ८ सय किलोमिटर रेन्ज दिने बताइएको छ ।

साओमी एसयू सेभेनलाई टेस्ला मोडल थ्रीको कडा प्रतिस्पर्धीका रुपमा लिइएको छ। तीन भेरियन्टमा उपलब्ध एसयू सेभेनको सुरुवाती मूल्य २ लाख १५ हजार ९ सय युआन तोकिएको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।