नेपालमा कहिले आउँछ किया इभी फाइभ ?

Apr 06, 2024 10:50 AM Merolagani

नेपाली बजारमा किया इभी फाइभ अगामी जेठ भित्रै ल्याउने तयारी भएको छ । नेपालका लागि किया गाडीको आधिकारीक वितरक कन्टिनेन्टर ट्रेडिङले दुई महिना भित्र नेपालमा यो गाडी ल्याउने जनाएको छ ।

यस अघि किया मोटर्सले चीनमा २० हजार डलर मूल्यमा नै किया ईभी–फाइभ सार्वजनिक गरेर ध्यान खिचेको थियो । किया इभी सिक्ट राइट ह्याण्ड ड्राइभ अप्समा पनि उत्पादन भएपछि नेपालमा प्रवेशको बाटो खुलेको थियो । कन्टिनेन्टल ट्रेडिङले अप्रिल महिनाको उत्पादन नेपाल आउने बताएको छ ।

कम्पनीका अनुसार यो गाडी ल्याउने प्रक्रिया थालिएको छ । किया इभी फाइभ साइज लम्बाई ४६१५ एमएम, चौडाई १८७५ एमएम र उचाई १७१५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस दिइएको छ । कियाले यो गाडीमा दुई स्कृनलाई जोडेर दिएको छ । यी दुबै स्कृन १२.३ इन्च साइजमा उपलब्ध छ । साथै, ५ इन्चको छुट्टै डिजिटल क्लाइमेट कन्ट्रोल सिस्टम दिइएको छ ।

किया ईभी–फाइभमा १६० किलोवाट क्षमताको मोटर दिइएको छ । त्यसले ३१० एनएम टर्क प्रदान गर्छ । यसको अलह्वील ड्राइभ भर्सनमा भने २३० किलोवाट क्षमताको मोटर दिइएको छ । दुबै भर्सनको टप स्पीड क्षमता भने १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सर्ट रेन्ज र लङ रेन्ज गरी दुई ब्याट्री अप्सन दिइएको छ । सर्ट रेन्जमा ६४.२ किलोवाट आवर र लङ रेन्जमा ८८.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले क्रमशः ४९० र ६२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

सानो ब्याट्रीले १०२ किलोवाट र ठूलो ब्याट्रीले १४१ किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न ३६ मिनेट लाग्नेछ । सानो ब्याट्रीले ७ किलोवाट र ठूलो ब्याट्रीले ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । नेपालमा कति मूल्य तोकेर किया इभी फाइभ आउछ भन्ने कुनै जानकारी दिइएको छैन ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।