अग्रवाल यस अघि चेम्बरका वरिष्ठ उपाध्यक्ष थिए। उनी दुई दशक देखि चेम्बरमा आबद्ध थिए। व्यवसायीक क्षेत्रमा ४० वर्ष भन्दा बढीको अनुभव भएका अग्रवाललाई नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको भन्दै निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले शुभकामना दिँदै पद हस्तान्तरण गरे। उनले त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तर गरेका छन्।