रुसी इन्फ्लूएंसर जसले एक महिनाकाे शिशुलाई घामको किरणमा मात्र राखे, दूध समेत दिएनन् ....

Apr 17, 2024 04:35 PM Merolagani

आफ्नो एक महिनाको छोराको हत्या गरेकाे भन्दै रुसी इन्फ्लूएंसरलाई आठ वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि छोरालाई आमाको दूध पिउन नदिएकाे र घामको किरणबाट मात्रै बाँच्न बाध्य बनाएकाे आराेप रहेकाे छ। उनी बालककाे माध्यमबाट घामको किरणले मात्र बाँच्न सकिन्छ भन्ने उदाहरण दिन चाहन्थे। 

साेहि कारण ३.५ पाउण्ड तौल भएको उनका छाेरा कोसमोसकाे निधन भयाे । एक महिनाका कोसमोसलाई अस्पतालमा मृत घोषणा गरिएको थियो । उनी पहिलेदेखि नै निकै कमजोर भएको चिकित्सकहरुले बताएका छन् । कुपोषण र निमोनियाका कारण कोसमोसको मृत्यु भएको बताइएकाे छ ।

जसपश्चात उनकी आमा ओक्साना मिरोनोभा र बुबा म्याक्सिम ल्युटीलाई पक्राउ गरिएको थियो । मुद्दाको सुनुवाइका क्रममा कोसमोसकी आमाले यस्ताे खुलासा गरिन् जसपश्चात अदालतमा बसेका सबै छक्क परे ।

म्याक्सिम ल्युटीले अलौकिक शक्ति प्राप्त गर्न छोरामाथि अनौठो प्रयोग गरेको उनले बताइन् । यहाँसम्मकी ल्युटीले प्रसव पीडाकाे समयमा मिरोनोभालाई अस्पताल लैजान पनि अस्वीकार गरेका थिए। जसपश्चात उनकाे डेलिभरी घरमा नै गरिएको थियो।

 

त्यसपछि उनीहरूकाे छोरा जन्मियो र उसको नाम कोसमोस राखियो। तर ल्यूटीले कोसमोस र मिरोनोभालाई यातना दिन सुरु गरे। ल्युटीले मिरोनोभालाई शाकाहारी खाना खान बाध्य पारे जसमा जमुना आदि समावेश रहेकाे थियो। यसबाट शरीरमा आध्यात्मिक उर्जाको विकास हुने ल्यूटीको विश्वास थियो।

ल्यूटीले गर्ने अन्याय यहिँ राेकिएन । बिस्तारै उनले सीमा नाघ्न थाले । उनले मिरोनोभालाई स्तनपान गराउन पनि निषेध गरे। मिरोनोभाकी बहिनीले अदालतमा ल्युटीले बच्चालाई स्तनपान गराउने सूर्य नै हुन् भन्ने विश्वास गरेकाले यस्ताे गरेकाे खुलाइन्।

तर पनि मिरोनोभाले कहिलेकाहीँ ल्युटीबाट लुकाएर आफ्नो छोरालाई गोप्य रूपमा स्तनपान गराउने गरेकाे पनि उनले बताइन्। तर ल्युटीले थाहा पाउने हाे कि भन्ने मिरोनोभालाई सधैं डर लाग्थ्यो । मिरोनोभाकी बहिनी ओलेसियाले भनिन्,"बच्चा कसरी सूर्यमा बाँच्न सक्छ र उसलाई त आमाको दूध चाहिन्छ।"

मिरोनोभाकी आमाका अनुसार ल्यूटीमा थियाे मानसिक समस्या

ओक्साना मिरोनोभाकी आमा गैलिनाले नातीकाे मृत्युप्रति दुःख व्यक्त गर्दै ल्यूटी केही फरक रहेकाे बताइन्। उनी साधारण मानिस जस्तो नभएर पागल रहेकाे पनि उनले खुलाएकी छिन् । उनले कोसमोस ल्यूटीकोलागि बलिको बोको रहेकाे समेत खुलाइन्। 

मिरोनोभाकी आमाले मिरोनोभालाई यसबारेमा कैयाैं पटक सम्झाउने प्रयास गरिन् तर मिरोनोभाले उनको कुरालाई सधैँ बेवास्ता गरिन्। ल्युटीले भने कोसमोसलाई घामको किरण मात्र खाने र पिउने मानिस बनाउन चाहेको बताउने गरेका थिए ।

ल्युटीले आफ्नो रिहाइका बारेमा सामाजिक संजालमा पोस्ट गरे

जनवरीमा ल्युटीले सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए। जसमा उनले छिट्टै रिहा हुने आशा व्यक्त गरेका थिए । मुद्दाको अन्तिम सुनुवाइमा, उनले जानाजान गम्भिर शारीरिक हानी पुर्‍याएको आरोपमा उच्च सुरक्षा कारागारमा आठ वर्ष जेल बसेको बताए। जेलमा रहेर उनले आफ्नो व्यवहारमा धेरै सुधार गरेकाे बताइएकाे छ ।

एजेन्सी ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।