सिटिजन्स बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुबै घट्यो

Apr 19, 2024 07:54 AM Merolagani

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा बढेपनि कर रकम बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २७.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा ५.२३ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८९ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९८ पैसा रहेको छ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।