गृहमन्त्री विरूद्ध बाेल्दा प्रहरीले यातना दिएको भन्दै विष सेवन गर्ने युवककाे दावी झुट : साइबर ब्यूराे

Apr 25, 2024 01:56 PM Merolagani

गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध टिप्पणी गरेकाले प्रहरीले यातना दिएको भन्दै भाइरल भइरहेको भिडियाेमा कुनै सत्यता नभएको प्रहरीले दाबी गरेकाे छ । नेपाल प्रहरीको साईबर ब्यूरोले बिहीबार एक विज्ञप्ती जारी गर्दै सामाजिक संजालमा शेयर भइरहेकाे भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियो सामाग्रीबारे ध्यानाकर्षण भएको जनाएको छ ।

फेसबुकमा जाजरकाेटकाे टालेगाउँ गा.वि.स. वडा नं ७  स्थायी घर भएका तर हाल किर्तिपुर बस्ने गणेशमान सिंह ठकुरीले हिजाे बेलुकी सामाजिक सञ्जालमा भिडियो पाेष्ट गरेका थिए । उक्त भिडियोमा उनले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिप्पणीका कारण प्रहरीले यातना दिएर साेहि यातना सहन नसकेर विष सेवन गरेको समेत दावी गरिएकाे छ।

तर साइबर ब्यूरोले भने ऋषिराज झा नामको फेसबुकबाट अश्लिल सामग्री पोष्ट गरी हैरानी दिएको भन्दै कार्यालयमा उजुरी परेको जानकारी दिएकाे छ । उक्त उजुरीबारे अनुसन्धानकाे क्रममा ऋषिराज झा नामकाे आइडी जाजरकोटका गणेशमान सिंहले चलाउने गरेको र उनले अश्लील सामाग्री समेत पाेष्ट गरेकाे पाइएकाे छ।

त्यसपछि प्रहरीले बुधबार  १० बजे बिहान उनलाई प्रहरी कार्यालय बोलाएको थियो । उनी कार्यालय पुग्दा उनको साथीले उनलाइ तनाव भएकाे बताउँदै गएकाे जानकारी दिएका थिए । साेही जानकारी अनुसार सोधखोज गर्दा उनले २ स्ट्रिप सिटामोल खाएर आएको बताएका थिए । जसपश्चात प्रहरीले तत्कालै उनलाई वीर अस्पतालकाे आकस्मिक कक्षमा पु-याएको थियो । तर उनले अस्पतालको बेडबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेकाे प्रहरीले दाबी गरेकाे छ। उनले आफूविरुद्ध दर्ता भएको आपराधिक उजुरीको अनुसन्धानमा समेत बाधा पु-याउने उद्देश्यले उक्त भिडियो फेसबुकमा पोष्ट गरेको र उक्त भिडियाेमा कुनै सत्यता नभएकाे ब्यूरोको प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले जानकारी दिए। यसकासाथै यस्ता भ्रमपूर्ण सामाग्री प्रचार प्रसार गरेकाे पाइएमा प्रचलित कानून बमाेजिम कारवाही हुने समेत उनले चेतावनी दिएका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।