अर्थमन्त्रालयले शेयर लगानीकर्तालाई छलफलकाे लागि बाेलायाे, ठोस प्रतिवद्धता नआए लगानी सम्मेलनमै भद्र विरोध गर्ने

Apr 25, 2024 06:55 PM Merolagani

पूंजी बजारको विकासको लागि सरकारको तर्फबाट ठोस कदम चालिनु पर्ने माग गर्दै आएका लगानीकर्ताहरुलाई लगानी सम्मेलन अगाडि आन्दोलनका कुनै पनि कार्यक्रम नगरिदिन अर्थमन्त्रालयले अनुरोध गरेको छ ।

लगानीकर्ताको एक समुहलाई विहिबार मन्त्रालयमा बोलाएर अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सूर्य थापाले पूँजी बजारको विकास र विस्तारको लागि आफूहरु गंभिर रहेको बताउंदै त्यसको लागि लगानी सम्मेलन पछि छलफल गरी आवश्यक निर्णय लिने प्रस्ताव राखेका थिए ।

उनले अर्थमन्त्रालय र सिंगै सरकार लगानी सम्मेलनको तयारीमा व्यस्त रहेकोले यसबारेमा अहिले थप छलफल र निर्णय गर्न गाह्रो हुने कुरालाई बुझिदिन आफूहरुसंग अनुरोध गरेको लगानीकर्ता उपेन्द्र पाठकले जानकारी दिए ।

पाठकका अनुसार लगानीकर्ताहरुले भने समस्या समाधानको लागि सरकारको तर्फबाट अहिले नै ठोस प्रतिवद्धता आउनु पर्ने कुरा दोहोर्याउंदै त्यसो नभए लगानी सम्मेलनकै अवसरमा भद्ररुपमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुसंग अर्थमन्त्री वर्षमान पुनले भने भेटघाट गरेनन् ।

 

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।