नक्कली भुटार्नी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी थुनामै रहने, आङटावा शेर्पा रिहा हुने

Apr 25, 2024 07:05 PM Merolagani

नक्कली भुटार्नी शरणार्थी प्रकरणमा कैदमा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझी थुनामुक्त नहुने भएका छन्। सर्वाेच्च अदालतले पुर्व सासंद रायमाझी सहित सात जनालाई थुनामै राख्न आदेश दिएको छ । 

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्ताे आदेश दिएको हाे। यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न दिएकाे आदेश नै सर्वाेच्चले सदर गरेकाे हाे । रायमाझी लगायतले साे आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

अदालतका अनुसार रायमाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामुक्त नहुने भएका हुन्।

नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पा रिहा हुने भएका छन् ।सर्वोच्च अदालतले शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । यसैगरी, जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्न गरेकाे आदेश सर्वाेच्च अदालतले बदर गरेको हो ।

त्यसैगरी, उच्च अदालतले गोबिन्द कुमार चौधरीलाई थुनामा पठाउन दिएकाे आदेश पनि सर्वोच्चले बदर गर्दै धरौटीमा छाेड्न आदेश दिएको छ । यसका साथै, तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।