निर्जीवन बीमा कम्पनीले ९ महिनामा गरे ३० अर्बको व्यापार, लघु बीमाको हिस्सा साढे १५ करोड मात्रै

Apr 26, 2024 03:16 PM MeroLagani

चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँको व्यापार गरेका छन्। चालु आवको चैत मसान्तसम्म १४ वटा निर्जीवन बीमकले २१ लाख ९३ हजार ५४७ वटा पोलिसि बिक्री वापत झन्डै ३० अर्ब बीमाशुल्क संकलन गरेका हुन् ।

सबैभन्दा धेरै बीमाशुल्क शिखर ईन्स्योरेन्सले संकलन गरेको छ । शिखरले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी, सिद्दार्थ ईन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कुल प्रिमियम संकलनमा शिखर इन्स्योरेन्सले मात्रै १४ दशमलब ०९ प्रतिशत प्रिमियम संकलन गरेका छन् भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स ११ दशमलब ७८ प्रतिशतसहित दोस्रोमा परेको छ भने नेप्सेमा सुचीकृत कम्पनीमध्ये सबैभन्दा कम प्रिमियम संकलन प्रभु इन्स्योरेन्सले ४ दशमलब ४२ प्रतिशत मात्रै गरेको छ ।

चैत मसान्तसम्म शिखर ईन्स्योरेन्सले २ लाख ४१ हजार ५४८ वटा पोलिसि बिक्री गरेको छ भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले २ लाख ३२ हजार ५७६ वटा पोलिसी बिक्री गरेका छन् । त्यस्तै नेको ईन्स्योरेन्सले २ लाख ३० हजार ४११ वटा, सगरमाथा लुुम्बिनीले २ लाख २३ हजार ६६७ वटा र आईजीआई प्रुडेन्सियलले १ लाख ८३ हजार ९८९ वटा पोलिसि बिक्री गरेको छ ।

पछिल्लो समय लघु निर्जीवन बीमा कम्पनीहरुले पनि विस्तारै व्यवसाय विस्तार गर्दै लगेका छन् । चालु आवको चैत मसान्तसम्म लघु निर्जीवन बीमा कम्पनीहरुले ६८ हजार ७ सय ७९ वटा पोलिसी बिक्री गरेर १५ करोड ५३ लाख रुपैयाँको व्ययवसाय गरेका छन। लघु निर्जीवन बीमा संलग्न कम्पनीहरुमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ३३ हजार ७ सय ४ वटा पोलिसी बिक्री गरेर ६ करोड ६२ लाख ५० हजार रुपैयाँको व्यापार गरेका छन् जुन कुल लघु निर्जीवन बीमा व्यापारको ५० प्रतिशतभन्दा बढी हो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ६ सय २३ वटा पोलिसी बिक्री गरगेर ४ करोड ९८ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६ सय ८६ वटा पोलिसी बिक्री गरेर ३ करोड २० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७ सय ६६ वटा पोलिसी बिक्री गरेर ६३ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क सकलन गरेका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।