प्रधानमन्त्री र एडिबीका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट

Apr 26, 2024 03:53 PM Merolagani

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट भएकाे छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल गरिएको थियो ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए । उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिए ।

“सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ,” प्रधानमन्त्री प्रचण्डले भने,“यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।” भेटमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको उल्लेख गर्दै आगामी दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताए । छलफलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा एवं एडिबीका नेपालस्थित उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।