लगानी सम्मेलनको पूर्व सन्ध्यामा शेयर लगानीकर्ताको विरोध प्रदर्शन, सम्मेलन स्थलमै प्रदर्शन गर्ने तयारी

Apr 26, 2024 04:21 PM MeroLagani

सरकारले रातारात ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेपछि लगानीकर्ताहरु आन्दोलित भएका छन् । सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा देशको पुँजी बजार मापक नेप्से परिसूचक भने विगत साढे दुई वर्षदेखि १८ सयदेखि २२ सयकै हाराहारीमा रुमल्लिरहेको छ ।

स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै विभिन्न लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर विरोध प्रदर्शन गरे । उनीहरूले लगानी सम्मेलनकाे समय भर बिराेध जारी राख्ने घाेषणा गरे ।

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर, ६२ लाख लगानीकर्तालाई विदेशी पलायन गराउने काम बन्द गर, लगानी मैत्री नीति लागू, लगानीकर्ता मारा मौद्रिक नीति र लगानी क्याप खारेज गर, नियामक निकायमा योग्य मान्छे अविलम्ब नियुक्त गर र पुँजी बजारमाथिको नांगो हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

सम्पूर्ण लगानीकर्ता संगठनहरुको ऐक्यबद्धता रहेको विरोध प्रदर्शन कार्यक्रममा करिब डेढ सय लगानीकर्ताको उपस्थिति थियो । लगानीकर्ताहरुले माग सम्बोधन नभएससम्म विरोध कार्यक्रम जारी रहने बताएका छन् । उनीले लगानी सम्मेलन स्थल मै गएर साकेतिक प्रर्दशन गर्नेसम्मकाे तयारी गरेका छन् ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।