द्रूत प्रकृयाबाट सहकारीकाे समस्या समाधान गर्न पहल गरेकाे भन्दै गृहमन्त्री लामिछानेलाई धन्यवाद दिन सिंहदरवार पुगे पीडित

Apr 26, 2024 04:35 PM Merolagani

सहकारी सम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्न पहल गरेकाेमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाइ धन्यवाद दिन सहकारी पीडित सिंहदरवार पुगेका छन् ।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रूत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडित आज गृह मन्त्रालयमै आइपुगेका थिए । उनीहरुले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशाबादी रहेको बताएका थिए ।

उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफुले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए।

अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ती र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने गरी सरकारले काम गर्ने बताए।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।