नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुसः अध्यक्ष ढकाल

Apr 28, 2024 12:13 PM MeroLagani

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताएकाे छ।आईतबारदेखि काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने सम्भावना औंल्याए ।

उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए । नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी बिस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्दै उनले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिनसक्ने बताए । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिव दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए । मुलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गरे ।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्याउने बताए । उनले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।