नेपाली नागरिकलाई मे १ बाट चिनियाँ भिसा नि:शुल्क

Apr 28, 2024 12:59 PM MeroLagani

चीनले नेपाली नागरिकलाई चीन प्रवेश गर्दा भिसा शुल्क नलिने भएकाे छ ।

 

नेपाल र चीनबीचको मित्रता प्रवद्र्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने घाेषणा गरेकाे हाे  यद्यपि एक्सप्रेस शुल्क र सेवा शुल्क भने अझै यथावतै रहेकाे छ ।

दुवातावसले हालै जारी गरेकाे सूचना अनुसार एक्सप्रेस २ शुल्क २ हजार ७ सय रुपैयाँ र एक्सप्रेस १ शु्ल्क भने ४ हजार रुपैयाँ लाग्ने जनाएकाे छ । यसअघि चिनियाँ दुतावासले भिसा शुल्कबापत् ३ सय आरएमबी अर्थात ५ हजार ४ सय रुपैयाँ शुल्क लाग्ने गर्दथ्याे । 

हालै नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे चीन भ्रमणकाे बेला उनले नेपालीलाई भिसा निशुल्क हुनुपर्ने माग गरेका थिए । नेपालले २०७२ काे भुकम्पपछि चिनियाँ नागरिकलाई निशुल्क अनअराइभल भिसा उपलब्ध गराउँदै आएकाे छ ।

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।