वाटरफ्लो टेक्नोलोजीद्वारा नेपालको पहिलो युआई/यूएक्स ह्याकाथोन सम्पन्न

Apr 28, 2024 02:55 PM Merolagani

नेपालको पहिलो यूआई/यूएक्स ह्याकाथोन प्रतियोगिता सम्पन्न भएको छ। प्रविधि कम्पनी वाटरफ्लो टेक्नोलाजीद्वारा आयोजित सो प्रतियोगिता बैशाख १५ गते सम्पन्न भएको हो।

प्रविधि क्षेत्रका विभिन्न चुनौति तथा समस्याहरु समाधान गर्ने नविन सोच प्रोत्साहन गर्ने उद्देश्यसहित सो कार्यक्रमको आयोजना गरिएको थियो। सो प्रतियोगितामा विभिन्न ६ कलेजहरुबाट २८ प्रतियोगिहरुले सहभागिता जनाएका थिए।

प्रतियोगिहरुलाई ७ टिममा विभाजन गरी विभिन्न ६ शिर्षकहरुमा प्रतिस्पर्धा गराईएको थियो। दुई दिन चलेको सो प्रतियोगितामा इभेन्ट्स नेपाल प्रोजेक्ट विजयी भएको थियो। सो प्रोजेक्टमा मनोज श्रेष्ठ, आशिष श्रेष्ठ, अप्रिस तामाङ्ग, श्रीजः तुलाधार सदस्य थिए भने सो टिमका मेन्टोर छिरिङ्ग शेर्पा थिए।

नामी कलेज, क्याटफर्ड कलेज, एनसिआईटी, आईएसएमटी, डियरवाक कलेज र जया मल्टिपल कलेजको सहभागिता रहेको सो प्रतियोगिताको निर्णायक मण्डलमा नबिल बैंकका समिर उपाध्याय, यात्री मोटरसाइकलका सिईओ अशिम पाण्डे र युलियन्स स्कुलका योक्को यीहाङ्ग किराँत थिए।

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।