राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण, देश र जनताको हितमा समर्पित हुने प्रतिवद्धता

Apr 28, 2024 04:34 PM MeroLagani

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आईतवार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहेकी उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेको हो । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरिएको थियो ।

शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उनले राष्ट्रिय सभाको गरिमा उचाईमा पुर्याउन पनि आफूले सक्दो पहल गर्ने बताए ।

सांसद शाक्यले भने,‘अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उचाईमा पुर्याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु । ’

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकाे थियाे ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।