बझाङको प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी, एमालेका उम्मेदवार अगाडि

Apr 28, 2024 04:51 PM Merolagani

बझाङ–१ (क)को प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । हालसम्म १,६९२ मतगणना भएकाे छ । 

जसमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७५७ मतका साथ सबैभन्दा अगाडि छन् । यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ११५ मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काको ९ मतप्राप्त गरेका छन् । २८ मत भने बदर भएकाे छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बझाङको छबिसपाथिभेरा गाउँपालिकाको वडा नं १ र २ को मतगणना सकिएकाे छ ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।