इलाममा कांग्रेसका डम्बर खड्काकाे अग्रता, एमालेका सुहाङ पछिपछि

Apr 28, 2024 05:41 PM Merolagani

इलाम- २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणनामा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । नेकपा एमालेका सुहाङ नेम्वाङले खड्कालाई पछ्याइरहेका छन्। 

अहिलेसम्म फाकफोकथुमको १ र २ वडाको गणना सकिएकाे छ । मतगणना अनुसार खड्काको १,६४३ मत र एमालेका नेम्वाङको १,६०१ भोट रहेकाे छ । दुई जनाबीच केवल ४२ मतान्तर रहेकाे छ ।

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४३७ मतका साथ तेस्राे स्थानमा छन् । यस्तै, रास्वपाका मिलन लिम्बू ३०५ मत प्राप्त गरेका छन्। 

 

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।