सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

May 03, 2024 12:30 PM Merolagani

शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ र चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ ।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबारको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । बिहीबार एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भएको चाँदीको मूल्य आज एक हजार ६४५ रुपैयाँमा किनबेच भईरहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।