९ प्रतिशत ब्याजदरमा १ अर्बको बैदेशिक राजगार बचतपत्र बिक्री गर्दै सरकार, कसले पाउँछन् खरिद गर्न?

May 03, 2024 12:55 PM Merolagani

सरकारले ९ प्रतिशत ब्याजदरमा १ अर्ब रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। सरकारले आवश्यक आन्तरिक ऋण उठाउन उक्त बचतपत्र बिक्री गर्न लागेको हो।

सरकारले जारी गर्न लागेको वैदेशिक रोजगार बचतपत्र २०८६ पाँच वर्षे अवधिको हुने छ। खरिदकर्ताले त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने छन्।

बैदेशिक रोजगारीमा रहेका र वैदेशिक रोजगारीबाट फर्केको ६ महिनाभन्दा बढी नभएका नेपाली नागरिकले सो बचतपत्रमा लगानी गर्न पाउने छन्। उनीहरुले आफ्नो परिवारको सदस्यको नाममा पनि बचतपत्र खरिद गर्न सक्नेछन्। बचतपत्र खरिदको लागि न्युनतम १० हजार रुपैयाँदेखि १० ले भाग जाने गरी अधिकतम सबै बचतपत्र खरिदको लागि आवेदन दिन सकिने छ।

बचत पत्रमा बैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ। जेठ २९ गते सो बचतपत्र निश्काशन गरिने राष्ट्र बैंकले जनाएको छ।

सो बचतपत्र बैंकमा धितो राखि कर्जा समेत लिन सकिने छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।