अर्थमन्त्री मन्त्रालयका कर्मचारीहरुको जालमा परेको आभास भएको छ: शेयर लगानीकर्ता उपेन्द्र पाठक

May 04, 2024 11:15 AM Merolagani

नेपालमा स्वदेशी लगानीकर्ताले लगानी गर्ने वातावरण नभएको भन्दै लगानी सम्मेलनकाे समय पारेर विरोधको घोषणा गरे । तर बिरोध कार्यक्रमले निरन्तरता पाएन ।

सरकार आयोजक बनेर हुदै गरेको लगानी सम्मेलन अगाडि स्वदेशी लगानीको सुरक्षामा सरकारले सम्बोधन गर्नु पर्ने लगानीकर्ताहरुको माग राखे । तर सरकारले बजारका समस्या समाधान सम्मेलनपछि गर्ने आश्वासन दिएर आन्दोलन स्थागन गरायो । तर सम्मेलन सकिएपछि पनि बजारका समस्या सरकारले अनदेखा गरको छ । सरकार र लगानीकर्ता हुने भनिएको वार्ता के हुँदैछ ? भन्ने सम्बन्धमा आन्दोलनको संयोजन गरेका अनुभवी लगानीकर्ता लगानीकर्ता उपेन्द्र पाठकसँग सुधा देवकोटाले गरेको कुराकानी ः

लगानीको सुरक्षाको माग गर्दै हजुरको संयोजनमा आन्दोलन घोषणा भयो तर बिचमा नै स्थगन भयो वास्तवमा कि निरन्तरता पाएन किन ?

सर्वप्रथम हामीले के कुरा बुझ्न जरुरी छ भने आन्दोलन गर्ने बित्तिकै मागहरु पुरा भयो भन्न सकिदैन । किनभने ठूलो संख्या सडकमा उत्रेर गरेको आन्दोलन थिएन । समग्र लगानीकर्ताको समर्थन हुँदा हुदै उपस्थिती थोरै हुन्छ । शेयर बजारका लगानीकर्ताको डिम्याटमा देखिने संख्या र सडकमा उत्रने संख्या अत्यन्त कम छ । तर पूँजी बजार सुधार गर्नु पर्ने छ भन्ने कुरा राज्यले महशुस गरेको छ ।

सुधारको काम गर्न कै लागि सम्बन्धित निकाय मार्फत सुझाव माग गरिएको थियो । सम्बन्धित निकाय मार्फत समयमा नै अर्थ मन्त्रालयमा सुझाव पुगेको थियो । उक्त सुझाव मन्त्रालयले हेर्न भ्याएन । जति तीव्रताका साथ सुझाव माग गरिएको थियो । सुझाव कार्यान्वयन पनि उस्तै द्रूतता साथ हुने लगानीकर्ताको अपेक्षा थियो । त्यसो हुन सकेन । स्वदेशी लगानीकर्ताहरु दिन प्रतिदिन पिडामा छन् । सरकारले विदेशी लगानीकर्ता ल्याउन लगानी सम्मेलन गर्याे ।स्वदेशीको लगानीकर्ताको मर्काको सुनुवाई भएको छैन । लगानीको सुरक्षाको माग राज्यसँग नै गर्ने हो । लगानी सम्मेलन गर्नै नदिने उद्देश्य थिएन । तर स्वदेशी लगानीकर्ताकाे माग सुनुवाई हुनुपर्ने मनन् गर्दै हामी राज्यलाई दवाव दिन आन्दोलनमा उत्रियाैं ।

हाम्रो लगानी सम्मेलनको बिरोध थिएन । विदेशी लगानी नेपालमा आउनु पर्ने हाम्रो पनि माग छ । तर  स्वदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण छैन । विदेशी लगानीकर्तालाई ल्याउन रातारात नीति परिमार्जन गरेर ल्याउन खोजिँदैछ । तर स्वदेशीकाे हकमा भने सरकारले अाँखा चिम्लेकाे छ ।  

हाे हामी लगानी सम्मेलन भइरहेको सोल्टी होटल अगाडि आन्दोलन गर्ने तयारीमा थियौं । अर्थमन्त्रालयबाट प्रर्दशन नगर्न अनुरोध भयो । लगानी सम्मेलन पछि स्वदेशी लगानीकर्ताको समस्याका विषयमा वार्ता गर्ने कुरा आएपछि पूर्व निधार्रित आन्दोलन स्थगित भएको हो । विदेशीको अगाडी सरकारको बेइज्जत गरेर केही हुदैन । हाम्रो माग आफ्नै सरकारसँग हो ।घर झगडा पछि गर्न पनि सकिन्छ भनेर स्थगन गएिको हो।शेयर सुधार गर्नु पर्ने माग यथास्थितिमा छ। सरकारसँगको वार्ताको लागि समय व्यवस्थापन हुँदैछ ।

लगानी सम्मेलन सकिएको छ । तर अझै अर्थमन्त्रालयले वार्ताको लागि समय मिलाउन सकिरहेको छैन नि ?

लगानी सम्मेलन भएको तुरुन्तै वार्ता भएर माग सम्बोधन भए पनि तत्काल बजार सुधार हुने हाेइन । बजारले त्यसरी प्रतिकृया जनाउँदैन । बजार नीतिगत परिमार्जन नै खोजेर बसेको छ । अहिले नीति परिमार्जन भएको छैन । बजार घट्ने बढ्ने त सधैँ भइरहन्छ । लगानीकर्ताको माग सधै बजारको स्थायित्व हो । स्थिर नीतिको आवश्यकता हो । 

लगानीकर्ता र सरकारवीच वार्ता हुँदैमा बजार बढ्छ भन्ने भ्रम नगरे हुन्छ । शेयर बजारको हितमा जिउँदो शहिद भएर हिँडेकाहरुले नै जथाभावी सामाजिक सञ्जलमा प्रतिकृया लेख्दा सोच विचार यसै बजारले हामीलाई सबै कुरा दिएको छ । हाम्रो त बजारमा धेरै अनुभव छ कमाउन जसरी पनि सकिन्छ । तर नयाँ लगानीकर्तालाई पनि प्रोत्साहन गर्ने जिम्मेवारी रहन्छ । बजारलाइ प्रोत्साहित गर्नु पर्नेहरुले नै दिगभ्रमित पार्ने गतिबिधि हुँदा लगानीकर्तामा वार्ता नहुने भयो भन्ने लागेको हुन सक्छ । 

लगानीकर्ता शेयर बजारका समस्या लिएर आन्दोलनमा उत्रेको यो पहिलो पटक होईन ।  अहिले पनि राज्य शेयर बजारको समस्याको बारेमा जानकार नभएको त होईन ?

अर्थमन्त्री बजारको लागि सकारात्मक ब्यक्ति हो । बजार र लगानीकर्ताहरुको समस्या समाधानमा अग्रसर रहने व्यक्ति हो । अहिले पनि ६० लाख लगानीकर्ताको सम्पत्ती राज्यले सुरक्षा गर्नुपर्छ ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ । बजारमा लगानी गर्न सहज गर्नु पर्ने नीति परिमार्जन गर्न राज्य तयार रहेको बताउनु भयो । तर उहाँ अर्थमन्त्रालयका कर्मचारीहरुको जालमा परको आभास भएको छ । मन्त्री काम नगर्ने मान्छै होईन । उहाँ राजनीतिक व्यक्ति हो । जनताले चुनेर पठाएको हो भोलि जनता समक्ष नै जानु पर्ने हुन्छ । त्यसमा उहाँ सचेत हुनुहुन्छ । तर कर्मचारीले बजारको विषयमा अपब्याख्या गरेर बजार सम्बन्धी काम हुन नसकेको हो । यस भन्दा पहिले पनि दुई दुई जना मन्त्रीलाई असफल बनाउने कर्मचारी चिन्नु जरुरी छ । 

सम्बन्धित निकायले बुझाएको सुझावमात्रै बजारको लागि पर्याप्त नहोला । बजारका समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाएर दीर्घकालिन काम गर्नु पर्ने हुन्छ । कुनै पनि निकायले नीति माथि खेलवाड नगर्न नमिल्ने गरि काम गर्नुपर्ने छ ।

समय परिर्वनशील छ । बिगत तीन वर्षदेखि बजारका माग एउटै छ । अझै तिनै माग पुरा भएर अहिलेको बजारको समस्या समाधान होला ?

तपाईले भनेजस्तै लगानीकर्ताहरु बिगत तीन वर्षदेखि आन्दोलित छन ।जब नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा निर्धारण गर्दै (४ करोड देखि १२ करोड) मौद्रिक नीति ल्यायो।त्यसै समयदेखि लगानीकर्ता उक्त ब्यवस्था परिमार्जन हुनु पर्ने माग गर्दै आएका छन् ।लगानीकर्ताको निरन्तरको आन्दोलन तथा सुझाव मार्फत माग गर्दै आएको भएता पनि पूर्ण रुपमा सम्बोधन हुन सकिरहेको छैन ।

निरन्तर झरेको बजार यो हप्ता सम्हालिन खोजेको जस्तो देखियो भने केही समूह चल्न खोजेको देखिएको छ । अहिलेको बजारलाई तपाईले कसरी हेर्नुभएको छ ?

बजारमा घट्बढ हुनु स्वभाविक हो । बजारलाई बाधा बनाएका नीतिहरु परिमार्जन नभएसम्म दीर्घकालिन समाधान हुदैन । लगानीकर्ताहरु बजारबाट निस्किन बाध्य बनेका छन् । न्यून विन्दुमा कम्पनीहरुको मूल्य झरेको छ । मेरो धेरै वर्षको अनुभवले के देखाएको छ भने एकै पटक बुल सुरु हुँदैन । यसले समय लिन्छ । सबै समूह एकै पटक चल्दैन । एकपछि अर्को समूह गर्दै बजार चल्ने हो । बजारमा सिमित मात्रामा मात्रै पैसा छ । सबै समूह चलाउनको लागि बजारमा पैसा छैन ।

फेरि अहिलेको बजारमा ट्रेडर हाबी भएको छ । एउटा सेक्टरमा पैसा लगायो उक्त सेक्टर माथि आएर बस्छ । नाफा सुरक्षित भयो पुन: अर्को सेक्टरमा लगानी गर्यो ।  यस्तो गतिविधि बजारमा देखिँदै गर्दा स्मार्ट मनी पनि पनि सकृय हुन्छ ।

सबै भन्दा पहिले लगानीकर्ताले सेक्टर रोटेड पनि पहिचान गर्न जरुरी छ । ठूला लगानीकर्ताहरु पर्खेर बसेका छन् । बैंकको ब्याजदर निरन्तर झर्दो अवस्थामा रहेको छ । कर्जाको व्याज पनि एकल अंकमा झर्न लागेको छ । उनीहरुले अवसर पर्खेर बसेका छन् । ब्याजदर घट्नासाथै बजार बढ्ने होईन त्यसले बढ्नको लागि समय लिन्छ । अहिले ठूला लागनकर्ताले शेयर उठाएर बसेका छन ।
यो विन्दुमा आएर शेयर बिक्री गरेर निस्कने भनेको बजारमा कहिले आउँदिन भन्नेले मात्रै हो । शेयर बजार बुझ्न एउटा बुल र वियर भोग्नै पर्छ । अहिलेको बजारमा नकिनेर बिक्री गर्नेहरुले सँधै गुमाउने हो ।

लगानीकर्तामा एक्यवैद्धता नभएकै कारण शेयर बजारका समस्या राज्यको प्रथामिकतामा नपर्ने आरोप छ । के यस्तै भएको हो त ?

तपाईले भनेजस्तो शेयर बजारका लगानीकर्तामा एक्यवैद्धता छैन । तर लगानीकर्ताहरुमा एक्यवैद्धता नभएकै कारण नीतिगत परिमार्जन नगरिएको भन्ने कुरामा सत्यता छैन् । बजारमा समस्या आउनुमा  धिताे पत्र काेर्डकाे पूर्व अध्यक्षको पनि हात छ । उहाँले यति धेरै कमजोर कम्पनीलाई बजार भित्राउनु भयो । प्रिमियममा शेयर जारी गर्दा बजारको पैसा आईपिओ मार्फत धेरै बाहिर गएको छ । त्यसले बजारमा एकोहोरो सप्लाई आयो तर माग बढान सकेन । यि कुराहरुलाई ध्यान दिएर मन्त्रीले काम अगाडि बढाउनु पर्छ ।

 

 

 

 

 

 

 

 

 

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।