१२ को परीक्षा दिएर घर फर्किरहेकी एक छात्रामाथि गोली चलाइयाे

May 03, 2024 02:44 PM Merolagani

झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किरहेकी एक छात्रामाथि गोली चलाइएकाे छ ।उदयपुरकी एनिका अधिकारीमाथि गोली चलाइएको हो। अधिकारीमाथि दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली प्रहार गरिएकाे हो ।

अधिकारी हिमालय माध्यमिक विद्यालयकी छात्रा हुन् । उनी दमकमा काेठा लिएर पढ्दै आएकी थिइन् । उनलाई सिरहाका अमितकुमार यादवले गोली चलाएका हुन् । परीक्षा सकाएर फर्किइरहेकी यादवले एलिनालाई बाटो ढुकेर बसेकाे र गोली हानेका थिए । 

अधिकारी  लाइफलाइन अस्पताल दमकमा उपचाररत छिन् । उनको अवस्था गम्भीर छ।  

यद्धपी गाेली प्रहार गर्नुकाे कारण खुलिसकेकाे छैन । प्रहरीले यादवकाे खोजी गरिरहेकाे छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।