सय रुपैयाँको नोटमा अब लिपुलेक सहितको चुच्चे नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय

May 03, 2024 04:53 PM Merolagani

सरकारले सय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ । अहिलेसम्म सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

अर्थमन्त्री वर्षमान पुनले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । त्यही प्रस्ताव अनुमोदन गर्दै मन्त्री परिषद्को आजको वैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई आदेश दिने निर्णय गरेको हो ।

स्मरणरहोस् भारतले आफ्नो भनि दावी गर्दै आएको नोपलको कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ मा संसदले अनुमोदन गरेको थियो । त्यसयता भारतीय संस्थापन पक्षले नेपालले आफ्नो भूमी मिचेको आरोप लगाउंदै आइरहेको छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।