लहानमा सुनचाँदी व्यवसायीकाे घरमा लुटपाट

May 03, 2024 05:52 PM Merolagani

केही समय यता देशभर लुटपाटकाे घटना बढेकाे छ । साेही क्रममा लहानमा एक सुनचाँदी व्यवसायीकाे घर लुटिएकाे छ ।

लहान सुनचाँदी ब्यवसायी संघको कार्य समिति सदस्य तथा रिकु ज्वेलर्सका  दिनेश कुमार साहको घरमा लुटपाट भएकाे हाे । बैशाख ६ गते राती साढे १ बजे घरमा अज्ञात समूह आएर लुटेकाे हाे ।

घरमा कोही नभएको वेला अज्ञात समूहले घरको मूल ढोकाको ताल्चा तोडेर घरभित्र प्रवेश गरेकाे थियाे । जसपश्चात उक्त समुहले नगद, गहगहना तथा समानहरु लुटपाट गरी लगेको हाे ।

सो घटनाको घोर भत्सर्ना गर्दै दोसीलाई चाँडो भन्दा चाँडो कानुनको दायरामा ल्याई कडा कारवाही गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुरोध गरेकाे छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।