चौधरी ग्रुपको फुड्स पार्कमा आक्रमण, आक्रमणकारीहरु पक्राउ

May 03, 2024 06:16 PM Merolagani

ललितपुरको भैंसीपाटीमा चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी. फुड्स पार्कमा  अज्ञात समूहले आक्रमण गरेको छ । 

शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको एक समुहले कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको सो कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालले जारी गरेको विज्ञप्ती अनुसार फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति हातपात गरेका थिए । त्यस कर्मचारीहरूले प्रतिकार गरेपछि उनीहरु त्यहाँबाट भागेको विज्ञप्तीमा उल्लेख छ ।

त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको बताइएको छ ।

सिजी कम्पनीले दिनदहाडै भएकाे साे घटनाकाे चाैधरी ग्रुपले भर्त्सना गर्दै घटनामा संलग्नहरूलाइ कडा कारवाही गर्न सरकारसँग माग गरेकाे छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।