सुनको मुल्य अस्थिर, मध्यपूर्व क्षेत्रको अस्थिर राजनीतिक अवस्था र फेडको स्थिर नीति मुख्य कारण

May 04, 2024 11:23 AM Merolagani

यो साता बिश्व बजारमा सुनको मुल्य अस्थिर रह्यो । साे बजारमा शुक्रबार एकैदिन सुन प्रतिअउन्स १३ डलरले बढेर २ हजार ३१६ डलर बराबरमा भइरहेकाे छ । 

विगतमा एकपछि अर्को गरी नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्यमा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वकाे अस्थिरताकाे प्रभाव परेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तर अमेरिकी फेड रिजर्भले लिएको स्थिर नीतिको प्रभावले मुल्य वृद्धिको क्रम रोकिएको पनि विश्लेषकहरूले बताइरहेका छन् । यति मात्र नभई सुनकाे मुल्य सामान्य घट्नमा स्थिर व्याजदरले बल पुगेको बिश्लेषकहरुकाे भनाइ छ। यद्यपी केही महिनाभित्रैमा सुनको मुल्यले थप उचाई कायम गर्ने  पनि बिश्लेषण गरिएकाे छ ।

अन्तरराष्ट्रिय सुन बजारकै अनुसार नेपालमा पनि मूल्य ताेकिने भएकाले यसकाे नेपाली सुन बजारमा प्रभाव परेकाे छ । वैशाखकाे पहिलाे साता उच्चस्तरमा पुगेकाे सुनकाे मूल्य त्यसयता भने लागातारजसाे गिरावट भएकाे छ ।  वैशाख ७ गते, सुन प्रतिताेला एक लाख ३९ हजार ३०० रूपैयाँ पुगेर नायँ रेकर्ड बनाएकाे थियाे । तर दाेस्राे साता पनि सुनकाे मूल्य घटेकाे थियाे । साेहि क्रम दाेहाेरिँदै तेस्राे साता अर्थात् यस साता पनि सुनकाे भाउ सस्तिएकाे हाे ।

नेपाली बजारमा याे साता सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतिताेला एक लाख ३७ हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे । त्यसपछि साेमबार केहि घटेर मंगलबार स्थिर रह्यो । सुनकाे भाउ बुधबार भने भारी गिरावट भएर प्रतिताेला एक लाख ३४ हजार ५०० रूपैयाँमा झरेकाे थियाे । तर बिहीबार भने सुनकाे भाउ बढेर एक लाख ३६ हजार ५०० पुग्याे ।

साताको अन्तिम काराबोर दिन, शुक्रबार सुन प्रतिताेला एक लाख ३५ हजार ४०० रूपैयाँमा काराेबार भयाे । साताको पहिलो दिनको तुलनामा अन्तिम कारोबार दिन, २  हजार २०० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार प्रतिताेला ग्राम एक हजार ६६० रुपैयाँमा खरिदबिक्री भएको थियाे । मुल्य साताभरको उतार चढाव पश्चात अन्तिम दिन शुक्रबार प्रतिताेला एक हजार ६४५ रुपैयाँ कायम भयो । यसरी साताभरमा चाँदी ताेलाकाे १५ रूपैयाँले घटेकाे हाे ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।