जनता समाजवादी पार्टीको फुटसंगै देशमा मध्यावधिको चर्चा

May 05, 2024 06:22 PM Merolagani

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेकाे छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गरिन लागेकाे हाे । नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेका छन् । 

उनीहरूले दल दर्ताको लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार उक्त निवेदन दर्ता भइ प्रक्रिया अघि बढेको छ । साथै नयाँ पार्टीको नाम जसपा नेपालबाट हटाई जनता समाजबादी पार्टी मात्र राखिएको छ ।

अशोक राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी,रञ्जु झा,वीरेन्द्रप्रसाद महतो,प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका हुन् । साह वन तथा वातावरण मन्त्री समेत हुन् । जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद रहेका छन् ।

सो पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।

पार्टीबाट प्रतिनिधित्व गर्ने २ मन्त्रीहरु नै २ पार्टीतर्फ लागेपछि एकातर्फ बर्तमान गठवन्धन सरकारको भविश्य के होला भन्ने प्रश्न उब्जिएको छ भने अर्काेतर्फ बर्तमान सत्ता गठवन्धनको भविश्य के होला भन्ने पनि प्रश्न उठिरहेको छ । किनकी अहिले नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले बर्तमान गठवन्धन ढालेर अर्काे गठवन्धन बनाउने प्रयास गरिरहेका छन् । यो अवस्थामा यदि अशोक राई नेतृत्वको नयाँ पार्टीले कांग्रेस गठवन्धनतर्फ ढल्कियो र माधव नेपाल नेतृत्वको समाजवादीले पनि गठवन्धन छोड्यो भने संसदीय अंकगणितबाट वर्तमान गठवन्धन पनि ढल्ने र अर्काे गठवन्धन पनि बन्न नसक्ने अवस्था सृजना भएमा देश मध्यावधितर्फ जानसक्ने आंशका राजनीतिक वृत्तमा शुरु भएको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।