नाफासँगै बढ्यो मिथिला लघुवित्तको प्रतिशेयर आम्दानी

May 06, 2024 07:14 AM Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र केही खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.०३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १६.५३ प्रतिशत र सञ्चालन मुनाफा ४४.२९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले १ करोड १९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा बढेर २० रुपैयाँ ४४ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा रहेको छ।

१९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४ करोड रुपैयाँ सापटी तथा ९७ करोड ९५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।