सञ्चालन मुनाफा बढेपनि नाडेप लघुवित्तको नाफा घट्यो

May 06, 2024 10:13 AM Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घट्को छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले १८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.३२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५२ लाख २२ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.५० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने २२८.१३ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९३ पैसा घटेर ५० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३८० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ५२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९१ पैसा रहेको छ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब १३ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।