विद्युत बिक्री आम्दानीसँगै चिलिमे हाइड्रोपावरको नाफा घट्यो

May 06, 2024 12:34 PM Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८० करोड ४२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०.९७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

विद्युत बिक्री आम्दानी र वित्तीय आम्दानी घटेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८५ पैसा घटेर ७ रुपैयाँ ८६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८.३१ गुणा रहेको छ।

७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित मुनाफा २ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।