प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो, ईपीएस भने घट्यो

May 09, 2024 09:37 AM Merolagani

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (PMLI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १०२.८४ प्रतिशत बढेको छ भने कुल आम्दानी १०९.०५ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्स्को खुद दाबी भुक्तानी १४०.२६ प्रतिशत र कुल खर्च ११७.२१ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा घटेर ८ रुपैयाँ ३५ पसामा झरेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६१.३१ गुणा र प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३५ पैसा रहेको छ।

४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७५ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ३२ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।