कुकुरकै लागि अमेरिकामा विशेष उडान सुरु, भाडा कति छ ?

May 27, 2024 05:47 PM Merolagani



अमेरिकामा विश्वको पहिलो कुकुर उडान सेवा सुरु भएको छ ।विश्वको पहिलो जेट चार्टर कम्पनी बार्क एयरले कुकुर र तिनका मालिकहरूका लागि आधिकारिक रूपमा लक्जरी हवाई यात्रा सेवा सुरु गरेको हाे। यस सेवा अन्तर्गत सबै कुकुरहरू आरामसँग यात्रा गर्न सक्नेछन् ।

कुकुरहरूकाे आरामदायी यात्राकालागि याे हवाई यात्रा डिजाइन गरिएको छ । कुकुरकाे खेलौना कम्पनी बार्कद्वारा जेट चार्टर सेवा बार्क एयरसँगको साझेदारीमा सुरु गरिएको छ । यसले कुकुरहरूको लागि उडानमा क्रान्तिकारी परिवर्तन गर्ने र उनीहरूलाई आरामदयी शैलीमा यात्रा गर्ने सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

उडानमा चढ्नुअघि एयरलाइन्सले कुकुरको पूर्ण विवरण लिने गरेकाे छ। उडानमा कुकुरलाई सेवा दिन विशेष तालिम प्राप्त टोली खटाइनेछ।

बार्क एयरकाे सेवा न्यूयोर्कदेखि लस एन्जलससम्म सुरु

एक इन्स्टाग्राम पोस्टमा, बार्क एयरले बिहीबार २३ मेमा न्यूयोर्कबाट लस एन्जलससम्म एयरलाइन्सकाे पहिलो उडानको विवरण सार्वजनिक गर्‍यो। एयरलाइन्सले गरेकाे एक पोस्टको क्याप्सनमा लेखिएको छ, ‘अहिले ३० हजार फिटको उचाइमा कुकुरहरूले भरिएको उडान जारी छ ।

भाडा ८ लाख देखि साढे १० लाख सम्म

कुकुर र उसका मालिकको लागि एकतर्फी आन्तरिक उडानको लागत ६ हजार डलर (करिब आठ लाख रूपैयाँ) र अन्तर्राष्ट्रिय उडानको लागि यो ८ हजार डलर (साढे १० लाख बढि) छ। कुकुर र तिनका मालिकहरू उडान भर्न ४५ मिनेट पहिले नै विमानस्थल पुग्नुपर्नेछ।

C5#

अहिले अमेरिका र बेलायतमा मात्रै उडान 

न्युयोर्कदेखि लस एन्जलससम्मको प्रारम्भिक उडानको टिकट पहिले नै बिक्री भएकाे थियाे । त्यसपछि, जून महिनाको लागि पनि उडानहरू द्रुत रूपमा बुकिङ भइरहेका छन्। कम्पनीले हाल अमेरिका र बेलायतमा मात्र उडान सेवा प्रदान गर्दै आएको छ । यी उडानहरू न्यूयोर्क, क्यालिफोर्निया र लन्डन बीच उपलब्ध हुनेछ।

एजेन्सीकाे सहयाेगमा ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।