बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दै

May 28, 2024 06:47 AM Merolagani



बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीले जेठ ३० गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।