माउन्टेन इनर्जीको बोनस शेयर हितग्राही खातामा

Jun 11, 2024 06:33 AM Merolagani



माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ। कम्पनीले १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो।

गत चैत १३ गते सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा सो बोनस शेयर जम्मा गरेको हो। सो बोनस शेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।