रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

Jun 23, 2024 10:04 AM Merolagani



रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले गत आर्थिक वर्षको लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।