डुअल स्क्रीन भएकाे विश्वकै पहिलाे ल्यापटप एसम्याजिक एक्स वान सार्वजनिक

Jul 08, 2024 02:53 PM Merolagani



एसम्याजिक एक्स वान (AcemagicX1) सार्वजनिक भएको छ । डुअल स्क्रिन भएको यो विश्वको पहिलो ल्यापटप हाे । यो स्क्रिन ३६० डिग्री तेर्साे फोल्ड सुविधाको साथ आउँछ। 

यसको अर्थ प्रयोगकर्ताहरूले साइड बाइ साइड डुअल स्क्रिनको सुविधा भएको ल्यापटप पाउने कम्पनीको दाबी छ ।

एक हिसाबले यसलाई फ्लिप स्क्रिन पनि भन्न सकिन्छ। प्रयोगकर्ताहरूले यसलाई आफ्नो आवश्यकता अनुसार सेट गर्न सक्छन्। यदि प्रयोगकर्ताहरूले यसलाई साइड बाइ साइड डिस्प्लेको रूपमा प्रयोग गर्न चाहेमा यसलाई प्रयोग गर्न पनि सजिलो छ।

यसमा छ विशेष मोड 

यसमा ब्याक टु ब्याक मोड पनि छ। यसको मद्दतले तपाईले आफ्नो अगाडि बसेको व्यक्तिलाई ल्यापटपको स्क्रिन देखाउन सक्नुहुन्छ। यस्तो अवस्थामा यो स्क्रिन प्रिजेन्टेसन, गेम खेल्ने र चलचित्र हेर्ने आदिमा धेरै उपयोगी साबित हुन सक्छ। यद्यपी, यसको मूल्यबारे भने अहिलेसम्म केहि खुलाइएकाे छैन।

बजारमा धेरै विकल्पहरू छन्, तर यी छन् कमजोरी

हाल बजारमा धेरै डुअल स्क्रिन ल्यापटपहरू छन् तर ती ल्यापटपहरूमा एउटै साइजको स्क्रिन देखिँदैन। न त तिनीहरू ठाडो  (भर्टिकल) रूपमा एक अर्कामा टाँसिएका हुन्छन्।

एस मेजिक एक्सवान(AcemagicX1) को विशेषता

यस ल्यापटपमा १२ औं पुस्ताको 12th-generation Intel Core i7-1255U प्रोसेसरकाे प्रयोग गरिएको छ। एस मेजिक एक्सवानमा दुईवटा १४ इन्चकाे फुलएचडीका स्क्रिनहरू छन्। यो ल्यापटप १६ जीबी डुअल च्यानल डीडीआरफाेर र्याम (dual channel DDR4 RAM) र वानटीबी एसएसडी (1TB SSD)स्टाेरेजको साथ आउँछ।

एस मेजिक एक्सवानको अन्य सुविधाहरू

कनेक्टिभिटीको कुरा गर्दा यो ल्यापटपमा दुईवटा यूएसबी टाइप-सी (USB Type - C), एउटा यूएसबी ३.० टाइप ए (USB 3.0 Type-A) र एउटा एचडीएमआई २.० पाेर्ट (HDMI 2.0 port) आउँछ । यो ल्यापटपलाई दुईवटा यूएसबी सी (USB-C) पोर्टमध्ये एउटाको सहायताले चार्ज गर्न सकिन्छ। यो ल्यापटप वाइफाइ ६, ब्लूटूथ ५.२ सपाेर्टका साथ आउँछ । तर, यो ल्यापटप बिक्रीका लागि कहिले उपलब्ध हुन्छ भन्ने बारेमा अझै खुलाइएकाे छैन ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।