ऐतिहासिक उचाईबाट सुनको मूल्य निरन्तर घट्दै

Jul 09, 2024 10:52 AM Merolagani



नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मुल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । ऐतिहासिक उचाई बनाएपछिका दुई कारोबार दिन सुनको मूल्यमा निरन्तर गिरावट भएको हो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । सोमाबार चाँदी तोलामा एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।