पछिल्लो पटक छुट्नुभयो? फेरि आउँदैछ एक दिन प्राविधिक विश्लेषणको तालिम लिने मौका

Jul 10, 2024 05:58 AM Merolagani



आफ्नो व्यक्तिगत कारणले या सीट नपाएर, मेरोलगानीका पछिल्ला एक दिने प्राविधिक विश्लेषण तालिम लिन पाउनुभएको छैन भने, मेरोलगानीले सो मौका पुनः तपाईहरुका लागि ल्याएको छ।

प्राविधिक विश्लेषण सिकेर शेयर बजारमा लगानी गर्ने तपाईको इच्छालाई पुरा गर्न मेरोलगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिमको आयोजना गर्न लागेको हो। सो तालिम साउन ५ गते शनिबार, मेरोलगानीको कार्यालय, त्रिपुरेश्वरमा बिहान ८ बजे शुरु हुनेछ। लामो समयदेखि नेपाली शेयर बजारमा प्राविधिक विश्लेषण गरी अनुभव बटुलेका सन्तोषसिंह लिङ्देनले तालिम दिनेछन्। दिउँसो २ बजेसम्म हुने सो तालिममा खानाको पनि व्यवस्था गरिएको छ।

१५ जना मात्र सहभागिता रहने भएकोले तपाईले सो तालिम छुटाउन चाहनुहुन्न भने छिटोभन्दा छिटो मेरोलगानी कार्यालयमा सम्पर्क गरी आफनो नाम रजिष्टर गराउनुपर्नेछ। अथवा तपाईले यहाँ क्लिक गरेर पनि आफ्नो सीट सुरक्षित गर्न सक्नुहुन्छ। ५ हजार रुपैयाँमा आफ्नो सीट सुरक्षित गर्न सकिने सो तालिममा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

यसअघि मेरो लगानीले आधा दर्जन बढी एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। हालै मात्र नागरिक लगानी कोष तथा नागरिक स्टक डिलरका कर्मचारीहरुलाई पनि मेरोलगानीले एक दिने प्राविधिक विश्लेषणको तालिम दिएको थियो।

शेयर बजार बढ्दो क्रममा रहेको अवस्थामा तपाईले शेयर बजार सम्बन्धि प्राविधिक ज्ञान लिएर बजारमा अझै धेरै कमाउन सक्नुहुन्छ या आफ्नो जोखिम व्यवस्थापन र न्यूनिकरण गर्न सक्नुहुन्छ। मेरोलगानीले सर्वसाधारणको माग बमोजिम नै यस्तो एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै आएको हो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।