सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

Jul 10, 2024 10:47 AM Merolagani



बुधबार सुनको मूल्य स्थिर अवस्थामा रहेको छ। यस दिन सुन मंगलबार कायम मूल्यमा नै कारोबार हुने भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलामा एक हजार ८७० रुपैयाँ खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।