सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

Jul 10, 2024 10:47 AM Merolagani



बुधबार सुनको मूल्य स्थिर अवस्थामा रहेको छ। यस दिन सुन मंगलबार कायम मूल्यमा नै कारोबार हुने भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलामा एक हजार ८७० रुपैयाँ खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।